काठमाडौं ४ का काँग्रेस उम्मेदवार तिमल्सेना भन्छन्ः राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु
काठमाडौँ। नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमलसेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताउनुभएको छ ।
शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ आफूले काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले युवा रोजगारीमा विशेष काम गर्ने बताउनु भयो । उहाँले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले मिसनमा जानुभएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारुपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गर्नुभयो ।
उहाँले प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रुपमा आफू उभिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म सबैलाई साक्षी राखेर भन्न चाहन्छु । यो क्षेत्र अयोध्या हो । राम मिसनमा जानुभएको छ । भरतको रुपमा ५ वर्ष यो क्षेत्रलाई सम्हाल्नेछु । अब आउने प्रतिनिधि सभाको चुनावमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रुपमा म उभिनेछु । काठमाडौं क्षेत्र नम्बर ४ ले यो देशलाई सबैभन्दा सक्षम, अब्बल सांसद दिएको छ । खानेपानीका समस्याहरु लगायतका यावत कुरामा म लाग्नेछु, विकास निर्माणमा मेरो ध्यान हुनेछ । रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोड्ने हो भने युवाहरु नेपालमा बस्नेवाला छैनन् । म मेरो क्षेत्रमा युवा रोजगारीमा विशेष काम गर्नेछु । रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ काम गर्नेछु ।’
उम्मेदवार तिमलसेनाले युवाहरुलाई उद्यमशिलतामा जोड्न आफूले काम गर्ने बताउनु भयो । पहिलो पटक व्यापार गर्ने नवयुवाहरुलाई दुई वर्षको कर माफ गर्ने किसिमको कानून बनाउने दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




