मुख्य समाचार

पार्टीमा ६०/४० को भागबन्डा सकिएको गगन थापाको घोषणा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गर्नुभयो ।

उहाँले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताउनु भयो । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०/४० को भागबण्डा अब सकिएको बताउनु भयो । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गर्नुभयो । सबैलाई समान व्यवहार गर्नेगरिकन पार्टी चल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब नयाँ स्थानीय चुनाव भन्दा नयाँ प्रदेशको चुनाव भन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ । नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीका सबै कुराहरु, चुनावको टिकट प्राइमरीबाट वडाको साथीहरुले छान्नुहुन्छ, तलको साथीहरुले छान्नुहुन्छ । प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु पर्दैन । पार्टीमा कुनै गुट पनि छैन । हिजोको जस्तो ६०÷४० सकियो अब । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्छ । नागरिक र पार्टीलाई बलियो बनाउने अभिायन पार्टीभित्र शुरु भएको छ । यो बदलिँदो काँग्रस हो । पार्टी सभापतिको अध्याँरो कोठामा कोहीसँग पनि सम्बन्ध हुँदैन ।’

सभापति थापाले काँग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउनु भयो । बदलिएको काँग्रेसले नेपाल बदल्ने संकल्प गरेर आएको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...