मुख्य समाचार

आहुति नेतृत्वको वैज्ञानिक समाजवादीका नेता नेकपामा

काठमाडौं । विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।

धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, रन्जिता चौधरी लगायतका नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो।

सो समूहले शनिबार पार्टीबाट अलग भएको घोषणा गरेको थियो । सो समूह नेपाली कम्युनिष्ट पार्टीसँग ८ बुँदे सहमति गर्दै समाहित भएको हो ।

नेतृत्वप्रति असहमति जनाउँदै र क्रान्तिका बहस फेसबुकमा मात्र सीमित भएको भन्दै धनकुमारी सुनार नेतृत्वमा १३ जनाले आहुतिको साथ छाडेको घोषणा गर्नुभएको थियो।

 

 

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...