मुख्य समाचार

काँग्रेसको चुनावी घोषणापत्र छोटो, मिठो र सबैले अपनत्व लिने किसिमको हुनेछः प्रवक्ता चालिसे

काठमाडौँ। नेपाली काँग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिवद्धता जनाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले यस्तो बताएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसावले तयार पारिरहेको बताउनुभयो। त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताउनुभयो।

काँग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उहाँको भनाइ छ । सबैले सहज रुपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘घोषणा पत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसावले तयार पारिरहेका छौँ । मेरो होस् भनेर अपनत्व गरुन् । त्यसका लागि विज्ञहरुसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ । डेमोक्रेटिक हिसावले दस्ताबेज बनाएका छौँ । केही समय लागेको हो । यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ । केही दिनपछि नै प्रतिक्षारत घोषणापत्र सार्वजनिक गर्छौं ।’

उहाँले काँग्रेसले केन्द्रिय परिचालन समिति तथा केन्द्रिय सदस्यहरुलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम

काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी

काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...