मुख्य समाचार

दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्ः चन्द्रप्रसाद ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेण्डा स्थापित हुनुपर्ने बताउनुभएको छ।अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताउनु भयो । कुनैपनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उहाँले बताउनुभयो।

नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रममा ढकालले आर्थिक मुद्दाहरु छाडेर राजनीतिक दलका नेताहरु एउटाले अर्को दललाई नराम्रो देखाउने प्रचलन बढेको बताउनुभयो।

अध्यक्ष ढकालले भन्नुभयो–‘राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ । नेगेटिभ कुराहरु अझ बढेर गएको छ । अर्कोलाई नराम्रो देखाएर आफू राम्रो बन्नुभन्दा पनि आफ्ना गतिविधि राम्रो गरेर अर्को भन्दा राम्रो हुनुपर्ने थियो तर त्यो हामी कहाँ त्यो अभ्यास देखिएन । निजी क्षेत्रप्रति हेर्ने धारणा पनि गलत हिसाबको छ । निजी क्षेत्रले कर तिर्दा, रोजगारी दिदाँ राज्यलाई धेरै सहयोग पुगेको छ । निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन? । मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन। डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ । उहाँले अन्तरमन्त्रालयबीच समन्वयन नहुँदा धेरै समस्या पर्ने गरेको बताउनु भयो । कार्यक्रममा होटल एशोसिएशन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्बौ लगानी भएपनी उपयोग हुन नसकेको बताउनुभयो ।

अध्यक्ष शाहले भन्नुभयो–‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुप¥यो । नेपाल टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुप¥यो ।’
अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुनेगरी सांसदहरुले नीति बनाइदिनुपर्ने बताउनु भयो । उहाँले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको समेत बताउनु भयो।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो।

उहाँले अब दलहरूले घोषणापत्र बनाउँदा केवल घोषणापत्रका लागि मात्रै बनाउने कि साँच्चिकै व्यवहारमा लागू हुने घोषणापत्र तयार गर्नुपर्ने बताउनु भयो।

अध्यक्ष सिंहले भन्नुभयो–‘सबै दलहरूले ध्यान दिनुपर्ने कुरा के हो भने नेपाली जनता अब निर्वाचनमा मात्रै विश्वास गर्दैनन् । चुनाव त २०८२ मा हुन्छ, तर त्यसको परिणामभन्दा महत्वपूर्ण कुरा मुलुकको विकास हो, र त्यो विकास राजनीतिक एजेण्डामा मात्रै सीमित हुन सक्दैन ।’

उहाँले निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै स्टन्ट गरेर पूर्वाधार क्षेत्रलाई धराशायी बनाउन नहुने बताउनु भयो । सिंहले हिजो राजनीतिक एजेण्डालाई केन्द्रमा राखेर मात्रै छलफल हुने गरे पनि आर्थिक एजेन्डालाई दलहरूले आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । मूल रूपमा पुँजीको विकास र उदयलाई सही रूपमा पहिचान नगरी मुलुकको विकास सम्भव नहुने उहाँको भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्योग, पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकता दिनैपर्ने उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...