मुख्य समाचार

नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउनेगरी घोषणा पत्र ल्याउनेछः देव गुरुङ

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणा पत्र ल्याउने उद्घोष गर्नुभएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेण्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर अब उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने गरी घोषणापत्र ल्याइने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताउनुभयो।

नेता गुरुङले भन्नुभयो– ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौँ। आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ ।’ गुरुङले रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताउनु भयो । ठूला उद्योगहरुलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिने उहाँको दाबी छ।

डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने उहाँले बताउनुभयो। विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषण पत्रमा ल्याउने दाबी उहाँले गर्नुभयो।

घोषणा पत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती भएको उहाँले बताउनुभयो । उहाँले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेका बताउनुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...