लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः डा. सुनिल शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ । निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरुले लडेर ल्याएको स्मरण गराउनुभयो। उहाँले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई वश्वास गर्नुको विकल्प नभएको बताउनु भयो । नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गर्नुभयो । नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईं हामीले आज मन लागेको चिज बोल्न त पाएको छ नि । प्रतिवाद गर्न पाएको छ । सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने डेमोक्रेसीको पाँच पिल्लरमध्ये एउटा स्वतन्त्र न्यायालय कल्पना गरेको छ । त्यसमा त्रुटी होलान्, सुधार गर्नुपर्छ । लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । त्यसको विकल्प नै छैन। अब हामीले बदलिएको काँग्रेस लिएर आएका छौँ। तपाईंहरुले हेर्नुभयो नयाँ नयाँ भन्छन् । काँग्रेस पार्टीको इतिहासमा उलटपुलट गराएर हामी आएका छौँ । नयाँ काँग्रेस हामीले बनाएर ल्याएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ । पत्याउनुभएन भने देश भड्खालोमा जान्छ ।’
नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताउनुभयो । बदलिएको काँग्रेसले नै देश बदल्ने बताउनु भयो । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अत्याधिक मत दिएर विजयी गराउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
-
२.
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
-
३.
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
-
४.
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
-
५.
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई...
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा...
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...




