मुख्य समाचार

विद्युत् चुहावट हुँदा बूढानीलकण्ठमा आगलागी

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको छ।

गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ ।” आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...