मुख्य समाचार

पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिने उहाँले जानकारी दिनुभयो । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

सम्बन्धित समाचार

धनुषामा युवती मृत फेला, हत्या आशंका

धनुषामा युवती मृत फेला, हत्या आशंका

काठमाडौं। धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्। शुक्रबार सडकछेउमा युवतीको शव...

जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय

जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख...

बैतडी बस दुर्घटनाप्रति ओली स्तब्ध

बैतडी बस दुर्घटनाप्रति ओली स्तब्ध

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष...

निर्वाचन तोकिएकै मितिमा हुन्छ, शान्तिपूर्ण हुन्छ ; निर्वाचन आयोग

निर्वाचन तोकिएकै मितिमा हुन्छ, शान्तिपूर्ण हुन्छ ; निर्वाचन आयोग

काठमाडौं।  निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ। उहाँले ढुक्कसँगले मतदान गर्न...