मुख्य समाचार

निर्वाचन तोकिएकै मितिमा हुन्छ, शान्तिपूर्ण हुन्छ ; निर्वाचन आयोग

काठमाडौं।  निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ। उहाँले ढुक्कसँगले मतदान गर्न र कुनै शान्तिसुरक्षाबारे चिन्ता नलिन पनि आग्रह गर्नुभयो।

आयोगले पटक-पटक सरकार,सुरक्षा प्रमुखसँग छलफल गरी शान्तिसुरक्षाको विश्लेषण गरेर नै शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको पाइएकाे उहाँले सुनाउनुभयो।

उहाँले भन्नुभयो,‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ,विद्रोह पछिको सरकार हो।’

उहाँले अब कसैले निर्वाचन बिथोल्न नसक्ने पनि बताउनुभयो। ‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ, यहाँ कसैले बिथोल्न सक्दैन्,बिथोल्नखोज्ने जुन तत्त्व सुरुमै परास्त भएपछि कुरै सकियो,’उहाँले भन्नुभयो।

आगामी फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...