धनुषामा युवती मृत फेला, हत्या आशंका
काठमाडौं। धनुषाको औरही गाउँपालिकास्थित देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक युवती मृत फेला परेकी छन्।
शुक्रबार सडकछेउमा युवतीको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोली शव नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाइएको छ।
मृतकको सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले बताउनुभयो। ‘शवको सनाखत गर्न अहिलेसम्म कोही पनि आएको छैन,’ उहाँले भन्नुभयो, ‘घटनाको प्रकृति हेर्दा टाउकोमा चोट लागेको अवस्थाले कुटपिट गरी हत्या गरिएको देखिन्छ।’
अन्दाजी २५ वर्षीया युवतीबारे थप जानकारी प्राप्त नभएको उहाँले बताउनुभयो। प्रहरीले मृतकको पहिचानका लागि सहयोग गर्न आग्रह गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
-
५.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
सम्बन्धित समाचार
जन्तीबस दुर्घटना : मृतकका परिवारलाई जनही १/१ लाख दिने प्रदेश सरकारको निर्णय
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले बिहीवार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख...
बैतडी बस दुर्घटनाप्रति ओली स्तब्ध
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष...
निर्वाचन तोकिएकै मितिमा हुन्छ, शान्तिपूर्ण हुन्छ ; निर्वाचन आयोग
काठमाडौं। निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनिसकेको बताउनुभएको छ। उहाँले ढुक्कसँगले मतदान गर्न...
आज पनि घट्यो सुन
काठमाडौं। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार...




