सर्लाहीका जनताको काखमा आएँ, हक–अधिकार र विकासका लागि अन्तिम समयसम्म लड्छु : नारायणकाजी श्रेष्ठ
सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणकाजी श्रेष्ठले सर्लाहीका जनताको हक–अधिकार, विकास र समग्र देशको समृद्धिका लागि दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू गोरखामा जन्मिएको भए पनि कुनै एक ठाउँमा स्थायी बसोबास नरहेको र देश तथा जनताको हितका लागि जहाँ बसेर काम गर्नुपर्छ, त्यहीँ बसेर काम गर्ने स्पष्ट पार्नुभयो। “अहिले म यहाँ छु—सर्लाहीको जनताको काखमा आएको छु,” उहाँले भन्नुभयो।
उहाँले सुकुम्बासी, अव्यवस्थित बस्ती तथा श्रमजीवी परिवारहरूको स्थायी बसोबास सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै लालपुर्जा वितरण र अधिकार सुनिश्चित गर्ने विषयमा आफू जनतासँगै उभिने बताउनुभयो।
श्रेष्ठले केही पार्टी तथा उम्मेदवारहरू सरकारमा हुँदा पनि सुकुम्बासी बस्ती हटाउने परिपत्र जारी गर्ने गरेको आरोप लगाउँदै त्यस्ता प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो। साथै उहाँले गरिब, मजदुर, किसान, सुकुम्बासी, दलित, जनजाति, महिला तथा पिछडिएका समुदायलाई अपमान गर्ने र विभाजन गर्ने सोचविरुद्ध जनतालाई सतर्क रहन अपिल गर्नुभयो।
“हामीले ठूलो संघर्ष गरेर परिवर्तन ल्याएका हौँ। अहिले पनि गरिब तथा उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका जनताको पक्षमा संघर्ष गर्न छाडेका छैनौँ,” उहाँले भन्नुभयो।
कार्यक्रममा उहाँले जनतालाई विश्वास दिलाउँदै तीन प्रतिबद्धता व्यक्त गर्नुभयो—हक–अधिकारका पक्षमा अन्तिम समयसम्म लडिरहने, विकास र समृद्धिका लागि जनतासँगै संघर्ष गर्ने तथा व्यक्तिगत रूपमा पनि समस्या, अन्याय वा दुःख–अप्ठ्यारो पर्दा साथमा उभिने।
उहाँले चुनावमा मात्रै आउने, भोट माग्ने र पछि हराउने खालको राजनिती अब बदल्नुपर्ने उल्लेख गर्दै जनताको सेवा, न्याय, अधिकार र विकासको राजनीति अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...




