उत्तर भारतमा सडक दुर्घटना हुँदा ६ जनाको मृत्यु
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारीकाअनुसार नयाँ दिल्ली र उत्तर प्रदेशलाई जोड्ने यमुना एक्सप्रेस–वे अन्तर्गत मथुरा जिल्लामा उक्त दुर्घटना भएको हो । निजी बसमा यात्रा गरिरहेका यात्रुहरू बसबाट ओर्लिएर सडक किनारमा उभिरहेका बेला एउटा तिब्र गतिको भारी सवारी साधनले उनीहरूलाई ठक्कर दिएको थियो ।
उक्त बस नयाँ दिल्लीबाट उत्तर प्रदेशको कानपुरतर्फ जाँदै गरेको बताइएको छ । यात्राका क्रममा केही यात्रुहरूले शौच गर्नका लागि बस रोक्न आग्रह गरेपछि चालकले बस रोकेका थिए र केही यात्रुहरू बाहिर निस्किएका थिए । सोही समयमा अचानक आएको एउटा अनियन्त्रित भारी सवारी साधनले शुरुमा रोकिएर राखेको बसलाई ठक्कर दियो र लगत्तै सडक किनारमा रहेका यात्रुहरूलाई किच्न पुग्यो ।
प्रहरीकाअनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...




