मुख्य समाचार

काँग्रेस सांसद शर्माको आशंका– असंलग्न र एक चीन नीति कमजोर बनाइँदैछ कि ?

काठमाडौँ। नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको हो । उहाँले विगतका सरकारहरू असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रति सचेत रहेको उल्लेख गर्दै वर्तमान सरकारले ती आधारभूत नीतिहरू कमजोर बनाउने हो कि भन्ने चिन्ता सर्वत्र रहेको बताउनुभयो।

उहाँले केवल प्रथम महिला प्रधानमन्त्री भनेर इतिहासमा नाम लेखिनु मात्र पर्याप्त नहुने भन्दै इतिहास रच्न सक्नेगरी कार्यसम्पादन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । नागरिकको एकमात्र र प्रमुख माग निष्पक्ष निर्वाचन रहेको उल्लेख गर्दै त्यसका लागि संविधानका पक्षधर शक्तिहरू एकजुट भएर कडा र स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘विगतका सरकार असंलग्न परराष्ट्र नीतिसहित एक चीन नीतिमा समेत सचेत देखिन्थे । वर्तमान सरकारले सबै कुरा भताभुङ्ग पार्ने त होइन भनि सबैतिर चिन्ता छ । सम्माननीय अध्यक्षज्यू प्रथम महिला प्रधानमन्त्री भनि इतिहासमा नाम लेखाएर मात्र पुग्दैन । इतिहास रच्न समेत सफल हुनुपर्दछ । विवशको नाच त हिजो पनि देखाइएकै थियो । आज जनताको एकमात्र माग हो निष्पक्ष निर्वाचन, जुन नागरिकको हक पनि हो । त्यसको लागि अब संविधानका पक्षधरहरुको एकजुटतासहित कडा प्रश्तुति आवश्यक छ ।’ वर्तमान सरकारले सबै छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बनध समेत भताभुङ्ग पार्नसक्ने आशंका व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...