मुख्य समाचार

कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति हो : डिला संग्रौला

हिले। नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।

चुनाव प्रचारप्रसार समिति, धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस ‘जेन्जी’ को मर्मअनुसार रूपान्तरण भएको र अब सबैको भरोसाको केन्द्रका रूपमा उभिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको लक्ष्य नै देश बदल्नु हो, बदलिएको कांग्रेसले मात्र मुलुकको मुहार फेर्न सक्छ ।” अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उहाँको दाबी थियो । कांग्रेस रोजगार, पूर्वाधार, स्वास्थ्य र शिक्षासहितका १० बुँदे दृष्टिकोण लिएर निर्वाचनमा होमिएको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसले १०६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको र प्रत्येक उम्मेदवारमा देश बदल्ने आँट र अठोट रहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...