क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका कमल कोइरालाको चुनाव चिन्ह हो क्याप।
बैद्धिक र सचेत मतदाता भएको काठमाडौं क्षेत्र नं १ मा “नीति र नियतमा इमानदार, नेतृत्वमा जिम्मेवार” को नारासहित कोइराला मैदानमा हुनुहन्छ।
उहाँले दलका उम्मेवार संधै आफ्नो नेताप्रति बफादार हुने भन्दै आफू नागरिक केन्द्रित, समावेशी र उत्तरदायी शासन प्रणाली निर्माण गर्ने प्रतिबद्धतासहति उम्मेवार बनेको बताउनुभएको छ।
क्याप चुनाव चिन्हका उम्मेवार कोइरालाले सार्वजनिक गरेको घोषणापत्रमा मानव अधिकार, सामाजिक न्याय, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, उद्योग, वातावरण संरक्षण, युवा तथा महिला सशक्तीकरण लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ।
कोइरालाको घोषणापत्रअनुसार राज्यको सेवा–प्रवाहलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउँदै नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको छ।
उहाँले शिक्षा क्षेत्रको सुधार, गुणस्तरीय र निःशुल्क आधारभूत स्वास्थ्य सेवाको पहुँच, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनलाई प्रमुख एजेण्डाका रूपमा अघि सार्नुभएको छ। साथै, सामाजिक विभेदको अन्त्य, लैङ्गिक समानता, LGBTIQA+ समुदायको अधिकार सुनिश्चितता, युवाको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र स्थानीय सीप–स्रोतको सदुपयोगमा जोड दिइएको छ।
घोषणापत्रमा कृषि आधुनिकीकरण, जलविद्युत्, पर्यटन र औद्योगिक विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने योजना उल्लेख गरिएको छ। वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकास, जलवायु परिवर्तनको असर न्यूनीकरण र सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि नीति प्राथमिकतामा राखिएको छ।
स्वतन्त्र उम्मेदवार कोइरालाले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढङ्गले जनताको आवाज संसदसम्म पुर्याउने, नीति निर्माणमा प्रत्यक्ष नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु
नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित
काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...




