Breaking News

विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो

काठमाडौँ। पछिल्लो समय विकास सहायता प्रतिवद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको ६ महीनाको समीक्षा अवधिमा ६५ अर्ब ३९ करोडको विकास सहायताको प्रतिवद्धता प्राप्त भएको छ । सो मध्ये अनुदान सहायता १९ अर्ब २५ करोड र सहुलियतपूर्ण ऋण सहायता ४६ अर्ब १४ करोड रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ५ अर्ब ८४ करोडको विकास सहायताको प्रतिवद्धता प्राप्त भएको थियो, जसमध्ये अनुदान सहायता ५४ अर्ब ७६ करोड र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ५१ अर्ब ४० करोड रहेको थियो । चालु आर्थिक वर्षमा विश्व बैंकतर्फ तीनवटा आयोजनाको वार्ता सम्पन्न भईसकेको र एशियाली विकास बैंकतर्फ एउटा आयोजनाको वार्ता हुने क्रममा रहेकोले तेस्रो त्रैमासिक अवधिमा प्रतिवद्धता रकममा उल्लेख्य वृद्धि हुने अवस्था रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

विकास सहायता प्राप्तिको स्थिति
चालु आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्ब ७ करोड प्राप्त भएको छ । जुन प्राप्ती शुरुवाति अनुमानको २१।२७ प्रतिशत हो ।
सरकारले गत आर्थिक वर्षमा विकास सहायता परिचालनको अनुमान २ खर्ब ७० अर्ब रहेकोमा समीक्षा अवधिमा ४९ अर्ब ९ करोड ३५ लाख प्राप्ति गरेको थियो । जुन अनुमानको १८।१८ प्रतिशत थियो ।
हाल कार्यान्वयनमा रहेका वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरूको उपलव्ध स्रोत हेर्दा आयोजना कार्यान्वयन प्रभावकारी हुनसकेमा वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य बढोत्तरी हुने अवस्था रहेको अर्थमन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकाअनुसार हाल एसियाली विकास बैंकतर्फ अमेरिकी डलर २१८६ मिलियन र विश्व बैंकतर्फ अमेरिकी डलर १६०० मिलियन प्राप्ति हुन बाँकी उपलब्ध स्रोतका रुपमा रहेको छ ।

अर्थ मन्त्रालयकाअनुसार विकास सहायता परिचालनमा समस्या समेत देखिएको छ । वैदेशिक सहायताको वित्तीय सम्झौता भएपश्चात कार्यान्वयनका क्रममा समयमा नै पूर्वतयारी र ठेक्का व्यवस्थापन हुन नसक्दा प्रतिवद्धता रकम हुँदाहुँदै पनि वास्तविक प्राप्ति रकम अपेक्षाकृत कम हुने समस्या कायम नै रहेको छ भने वैदेशिक सहायताका आयोजना÷कार्यक्रममा अन्तर निकाय समन्वय कमजोर हुने गरेको छ । आयोजना/कार्यक्रम कार्यान्वयन गर्न गठन हुने उच्चस्तरीय संयन्त्रको बैठकहरू नियमित नहुने र कतिपय कार्यक्रममा बैठक नै नहुने गरेकाले कार्यन्वयनमा देखिएका समस्या लामो समयसम्म बल्झिने समस्या रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

शोधभर्ना लिन बाँकी रकम १४ अर्ब बढी
अर्थ मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०८२/८३ को शुरूवातमा विकास सहायतातर्फ नेपाल सरकारको स्रोतबाट खर्च भई शोधभर्ना प्राप्त गर्नुपर्ने रकम १८ अर्ब २४ करोड २८ लाख रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म १९ अर्ब १५ करोड खर्च भई शोधभर्ना लिन बाँकी भएकोमा २३ अर्ब २२ करोड शोधभर्ना प्राप्त भएको छ । समीक्षा अवधिसम्म शोधभर्ना लिन बाँकी रकम १४ अर्ब १७ करोड रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधभर्ना लिन बाँकी १३ अर्ब १७ रहेको थियो । –न्युज एजेन्सी नेपाली

सम्बन्धित समाचार

विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता

विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता

काठमाडौँ। नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ । समयमै काम सम्पन्न भएको भए यतिबेला...

वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल

वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक...

अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो

अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो

काठमाडौँ। उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट...

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...