वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताउनुभएको छ ।
सम्पती शुद्धिकरण सम्बन्धी कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा वार्षिक ३।६ बिलियन डलर बराबरको राजश्व नोक्शानी गराउने वित्तीय अपराध र सम्पती शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गम्भीर असर पु¥याएको बताउनुभएको हो । गभर्नरकाअनुसार वित्तीय अपराधको आर्थिक प्रभावभन्दा मानवीय मूल्य अझ बढी भयावह छ ।
यसले सामाजिक–आर्थिक खाडललाई गहिरो बनाउने मात्र नभई युवा र बालबालिकालाई आपराधिक सञ्जालमा प्रयोग गर्ने जोखिम बढाएको छ । नवीन सोच र सिर्जनशीलतामा लाग्नुपर्ने युवा पुस्तालाई अपराधको माध्यम बनाइनु सबैभन्दा खतरनाक परिणाम भएको उहाँको तर्क छ ।
सीमानाविहीन वित्तीय अपराधले कानूनी छिद्र र प्रविधिगत कमजोरीको फाइदा उठाउँदै तिब्र गतिमा रकम ओसारपसार गर्ने गरेको उहाँले बताउनु भयो । यसलाई रोक्न प्रतिक्रियात्मक भन्दा पनि निरोधात्मक सुपरीवेक्षण आवश्यक रहेको र वित्तीय समावेशीकरणलाई असर नपर्ने गरी जोखिममा आधारित सुपरीवेक्षण प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वित्तीय अपराधले सामाजिक–आर्थिक खाडललाई अझ फराकिलो बनाउँछ, मानव पूँजीको अवमूल्यन गर्छ र हाम्रा बालबालिका तथा युवाहरूको भविष्यलाई संकटमा पार्छ ।
कलिला मस्तिष्कहरूलाई सम्पती शुद्धीकरणको माध्यमका रूपमा प्रयोग गर्न शोषण गर्ने, अवैध सञ्जालहरूमा भर्ती गर्ने र अपराधलाई अवसरको रूपमा प्रश्तुत गरिने वातावरणमा पु¥याउने क्रम बढ्दो छ । जब आगामी पुस्तालाई नवप्रवर्तनका लागि नभई हेरफेरका लागि तयार पारिन्छ, यो सायद सबैभन्दा खतरनाक परिणाम हो । र यो चुनौती सीमानामा मात्र सिमित छैन ।
सीमापार वित्तीय अपराधले कानूनी छिद्रहरू, नियामक कमजोरीहरू, क्षेत्राधिकारका अस्पष्टताहरू र प्राविधिक दाउपेचहरूको फाइदा उठाउँछ । अपराधीहरूले राष्ट्रहरूबीच अत्यन्तै तिब्र गति र सटिकताका साथ पैसा ओसारपसार गर्छन्, जसले गर्दा यसको पहिचान र अभियोजनलाई गुणात्मक रूपमा कठिन बनाउँछ । त्यसैले, सुदृढ सुपरीवेक्षण प्रतिक्रियात्मक नभई निरोधात्मक उपायका रूपमा शुरु हुनुपर्छ । प्रारम्भिक पहिचान र हस्तक्षेपले संस्थाहरूलाई जोगाउँछ, प्रतिष्ठाको रक्षा गर्छ र उपचारको ठूलो लागतबाट बचाउँछ ।’
गभर्नर पौैडेलले बैंकिङ, बीमा, धितोपत्र र सहकारी जस्ता सबै क्षेत्रका नियामक निकायहरूले सामूहिक रक्षापंक्तिको रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । आजको जोखिम टार्ने मात्र नभई भोलिको अनिश्चितता सामना गर्नसक्ने प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता
-
२.
वित्तीय अपराधले विश्वव्यापी अर्थतन्त्र र भावी पुस्तामाथि गम्भीर संकटः गभर्नर पोडेल
-
३.
विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो
-
४.
नेपाली स्वादलाई मुख्य आधार बनाएर खोलिएको ‘तुफानी पिज्जा’ औपचारिकरूपमा सञ्चालनमा
-
५.
अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता
काठमाडौँ। नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ । समयमै काम सम्पन्न भएको भए यतिबेला...
विकास सहायता प्रतिवद्धतासँगै प्राप्ति पनि बढ्यो
काठमाडौँ। पछिल्लो समय विकास सहायता प्रतिवद्धतासँगै दातृ निकायले दिने त्यस्तो सहायता पनि बढ्दै गएको छ । अर्थ मन्त्रालयकाअनुसार चालु...
अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो
काठमाडौँ। उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट...
भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...




