Breaking News

नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने पार्टी हाम्रो हो: कुलमान घिसिङ

दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

जेनजी आन्दोलनपछि विकल्पका रूपमा आएको सबैभन्दा नयाँ शक्ति नै आफ्नो पार्टी भएको उहाँले दाबी गर्नुभयो । झापामा आयोजित निर्वाचन अभियानका क्रममा बोल्दै अध्यक्ष घिसिङले भन्नुभयो, “जेनजीको प्रमुख मुद्दालाई हामीले आफ्नो मुख्य एजेन्डा बनाएका छौँ ।”

जनताले चाहेजस्तो परिवर्तन उज्यालो नेपाल पार्टीले मात्र गर्न सक्ने उल्लेख गर्दै उहाँले अहिले चर्चामा रहेका अन्य दलहरू जेनजी आन्दोलनभन्दा अघि नै खुलेका र जनताले परीक्षण गरिसकेका शक्ति भएको बताउनुभयो ।

आफ्नो पार्टीले युवापुस्ता (जेनजी) को मागलाई सार्थक बनाउँदै नेपालको नयाँ विकल्पका रूपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । जेनजी युनाइटेडलगायत आन्दोलनको नेतृत्व गर्नेहरू अहिले आफ्नो पार्टीमा आबद्ध रहेको समेत अध्यक्ष घिसिङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...

रास्वपा नेता प्रहरी नियन्त्रणमा

रास्वपा नेता प्रहरी नियन्त्रणमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...

यसपटक गठबन्धन हुँदैहुँदैन : प्रचण्ड

यसपटक गठबन्धन हुँदैहुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि किसिमको समीकरण वा तालमेलको पक्षमा नभएको जनाउनुभएको छ।...

विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता

विद्युतीय पोलले अल्झाइरहेको पृथ्वी राजमार्गः लाइफलाइनमा सरकारी निकायको बेवास्ता

काठमाडौँ। नौबिसे–मलेखु सडक खण्डको स्तरोन्नति कार्यमा विद्युतीय पोल मुख्य वाधक बनेको छ । समयमै काम सम्पन्न भएको भए यतिबेला...