लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
भुजुङबाट बेंसीसहरतर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी क्व्होलासोथर गाउँपालिका–४, भुजुङ निवासी ७४ वर्षीया मलकुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो ।
जीपमा सवार १० जनामध्ये अन्य सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा क्व्होलासोथर–४ का ८० वर्षीय आइतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ र २७ वर्षीया स्मृति गुरुङ रहनुभएको छ ।
त्यस्तै बेंसीसहर नगरपालिका–५ की २० वर्षीया कृपा गुरुङ, वडा नं–७ की सात वर्षीया रितु गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी–२, घनपोखरा बस्ने ५० वर्षीया काली गुरुङ घाइते हुनुभएको छ । घाइतेहरूको जिल्लास्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
आहा रारा गोल्डकप माघ २७ देखि
लेखनाथ। पोखरामा माघ २७ गतेबाट सुरु हुने आहा रारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् ।...
अबकी बार सय पारको नारा लगाउनुस् – गगन थापा
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने नै भए अबकी बार सय पारको नारा लगाउन आग्रह...
मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की...
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
पर्वत। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा...




