राजनीति

राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज

काठमाडौंं।  राष्ट्रियसभाको चालु अधिवेसनको अन्तिम बैठक आज बस्दैछ।

दिउँसो सवा १२ बजे बस्ने अन्तिम बैठकमा केही प्रतिवेलनहरु पेश हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसुची छ।

संसद् सचिवालयका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘संघीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नुुहुनेछ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुुुहुनेछ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा र राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभालाई प्राप्त पत्रको व्यहोराबारे जानकारी गराउनुहुनेछ।

राष्ट्रपतिले पौडेलले आज राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गराउनुभएको छ।

सम्बन्धित समाचार

पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी

पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंमा आउने भएपछि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ। झापा...

जिल्ला पठाउन थालियो मतपत्र

जिल्ला पठाउन थालियो मतपत्र

काठमाडौं। फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला जिल्लामा मतपत्र पठाउन थालिएको छ। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १०...

जनयुद्धको उत्प्रेरणा र ऊर्जासहित अब अघि बढ्ने छौं : प्रचण्ड

जनयुद्धको उत्प्रेरणा र ऊर्जासहित अब अघि बढ्ने छौं : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त...

कांग्रेस बहुमतका साथ देशकै पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा

कांग्रेस बहुमतका साथ देशकै पहिलो दल बन्छ : विश्वप्रकाश शर्मा

सिद्धार्थनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो दल बन्ने दाबी...