मुख्य समाचार

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषि छन्ः राप्रपा अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गर्नुभएको छ । श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो आग्रह गर्नुभएको हो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरुको मात्र नभई मतदाताको समेत दोष रहेको उहाँको भनाइ छ ।

उहाँले मतदान कन्यादान भन्दा समेत ठूलो कुरा भएको उल्लेख गर्दै सचेत भई राष्ट्र र समाजलाई चाहिने नेतालाई मात्र मतदान गर्न आग्रह गर्नुभयो । मत एउटा गलत गलत व्यक्ति र गलत पार्टीलाई प¥यो भने सिंगो समाज र देशले दुःख पाउने उहाँको बुझाइ छ

उहाँले भन्नुभयो, ‘देश चुनावमा पसिसक्यो, २०,२१ दिन बाँकी छ । म यत्तिमात्र भन्छु तपाईहरु भोटदिनु अघि हजार चोटी सोचेर मात्र दिनुस् । हामीले लामो समयदेखि भन्दै आयौँ यो देशलाई धर्म निरपेक्ष बनाउनेमा यो संविधानमै धर्म निरपेक्ष शब्द घुसाउनेमा नेताको मात्र दोष छैन । त्यो नेतालाई भोट दिने हाम्रो हातको पनि दोष छ । हामीले भोट नदिएको भए धर्मनिरपेक्ष राष्ट्र बनाउँछु भनेर घोषणा पत्रमा लेखेर हिँड्नेहरुलाई भोट नदिएको भए देश धर्म निरपेक्ष हुँदैन्थ्यो । त्यसकारण यो देश धर्मनिरपेक्ष बन्नुमा हामी धर्मको ठाउँमा हिन्दु लेख्नेहरुको गल्ति छ । र आउने दिनमा आफ्नो हात आफ्नै धर्मको विरुद्ध प्रयोग नहोस्। अगामी दिनमा पछुताउनु नपरोस् । भोट दिने कुरा त छोरी दिनेभन्दा पनि ठूलो कुरा हो । छोरी दिन हामीले कतिधेरै कुरा हेर्छौँ? कुटुम्ब आउनेबित्तिकै हामी छोरी दिन्छौँ र? तर हामीले दिएको एउटा भोट गलत व्यक्ति र गलत पार्टीलाई परेछ भने त सिंगो समाज र सिंगो देशले दुःख पाउँछ ।’

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई अघि सार्दै फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुँदैछ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ । यद्यपि तेहरानले भने...

आज चैते दसैँ मनाइँदै

आज चैते दसैँ मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...

रास्वपाको संसदीय दलको नेता बन्दै बालेन

रास्वपाको संसदीय दलको नेता बन्दै बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको...

निलम्बनमा एन्फा

निलम्बनमा एन्फा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...