मुख्य समाचार

सूचना वर्गीकरणमा मुख्यसचिव उदासीनः प्रमुख सूचना आयुक्त आचार्य

काठमाडौँ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचनाको हकसँग बाझिएका कानूनहरूको अध्ययन शुरु गरिएको बताउनुभएको छ ।
आयोगले नेपाल सरकारसँग बजेट मागेर अध्ययन प्रक्रिया अघि बढाएको बताउँदै सूचनाको वर्गीकरण गर्नेबारे मुख्यसचिवले चासो नदेखाएको गुनासो गर्नुभएको हो ।

आचार्यकाअनुसार सूचनाको हकसम्बन्धी कानूनले सूचना दिनुपर्ने व्यवस्था गरे पनि केही विषयमा सूचना नदिन सकिने प्रावधान समेत रहेको छ । त्यस्ता सूचनाको स्पष्ट वर्गीकरण आवश्यक रहेको उहाँले बताउनु भयो । नदिने सूचनाको सूची तयार गर्ने जिम्मेवारी कानूनले नेपाल सरकारका मुख्यसचिवलाई दिएको बताउँदै उहाँले तर मुख्यसचिवले यस विषयमा चासो नदेखाएको आरोप उहाँले लगाउनु भयो । आफूले नेतृत्व सम्हालेपछि मुख्यसचिवलाई सूचना वर्गीकरण गर्न आग्रह गरे पनि कुनै पहल नभएको उहाँको भनाइ छ ।

मुख्यसचिवबाट पहल नभएपछि आयोगले संघीय सरकारअन्तर्गतका मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय तथा संवैधानिक निकायहरूलाई पत्राचार गरी सूचना वर्गीकरणको अधिकार सम्बन्धित निकायमै रहेको जानकारी गराएको आचार्यले बताउनु भयो । आचार्यले भन्नुभयो–‘राष्ट्रिय सूचना आयोगले नेपाल सरकारसँग बजेट नै मागेर सूचनाका हकसँग बाझिएका कानूनहरुको अध्ययन प्रारम्भ गरेको छ । कतिपय सूचनाको हकसम्बन्धि कानूनले सूचना प्रवाह गर्न भनिरहँदा त्यहाँ कतिपय विषयमा सूचना प्रवाह गर्न बाध्य हुनेछैन भन्ने पनि छ । त्यस्ता वस्तुहरुको वर्गीकरण हुन जरुरी छ । सूचनाको वर्गीकरण गरेर दिने र नदिने छुट्याउनुपर्छ । खासगरी नदिने सूचनाको सूचि तयार गरेर राख्नुपर्ने सूचनाको हक सम्बन्धि कानूनले भनेको छ । कानूनले त्यसको दायित्व नेपाल सरकारको मुख्यसचिवलाइ दिएको छ । नेपाल सरकारको मुख्यसचिवलाई यो विषयमा कुनै रुची र चासो छैन । म सूचना आयोगमा नेतृत्व गर्न आएपछि मैले आफैँ मुख्य सचिवलाइ सूचनाको वर्गीकरण गरिदिन भने । कानूनले नै मुख्यसचिवलाई जिम्मेवार बनाउछ भन्दा उहाँले चासो दिनुभएन । मुख्यसचिवले चासो नदेखाएपछि सुचना आयोग आफँैले संघीय सरकार मातहतका मन्त्रालय, कार्यालय, विभाग र सुरक्षा निकायसहित संवैधानिक निकायहरुलाई पत्राचार गरेर अब सुचनाको वर्गिकरण गर्ने अधिकार तत्का निकायहरुलाई नै छ भनेर भनेको छ ।’

कार्यक्रममा सहभागी वक्ताहरूले पारदर्शिता, समान सूचना पहुँच र कानूनी स्पष्टतामार्फत सुशासन सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्नुभएको छ । यद्यपि तेहरानले भने...

आज चैते दसैँ मनाइँदै

आज चैते दसैँ मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...

रास्वपाको संसदीय दलको नेता बन्दै बालेन

रास्वपाको संसदीय दलको नेता बन्दै बालेन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको...