Breaking News

भ्यालेन्टाइन डेमा ७ करोडको गुलाफ बिक्री

फाकाठमाडौं । यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँ बराबरको गुलाफको फूल कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चलेको प्रेम दिवस सप्ताहमा करिब ५ लाख स्टिम गुलाफ (डच रोज) खपत भएको हो । एसोसिएसनका महासचिव हिरामणि शर्माका अनुसार बजारमा एउटा गुलाफको औसत मूल्य १ सय ४० रुपैयाँ कायम भएको थियो । सोही मूल्यका आधारमा हिसाब गर्दा यस वर्षको प्रेम दिवसमा कुल ७ करोड रुपैयाँको आर्थिक कारोबार भएको देखिएको हो ।

मुलुकमा उत्पादन कम हुने भएकाले आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत मागमात्र धान्ने गरेको छ । बाँकी ७० प्रतिशत माग पूरा गर्न भारत लगायत देशबाट गुलाफ आयात गर्नुपर्ने अवस्था छ ।

काठमाडौं उपत्यकासहित पोखरा, चितवन, बुटवल र विराटनगर जस्ता प्रमुख सहरमा गुलाफको खपत सबैभन्दा बढी भएको छ । विशेषगरी युवापुस्ताले प्रेम व्यक्त गर्न गुलाफको प्रयोग गर्ने भएकाले आज फूल पसलहरूमा बिहानैदेखि भीड लागेको थियो ।

व्यवसायीहरूका अनुसार यो कारोबारले नेपालको पुष्प व्यवसायमा ठूलो आर्थिक टेवा पुर्‍याएको छ । यद्यपि, स्वदेशी उत्पादनलाई बढावा दिन सके यस्तो ठूलो धनराशी बाहिरिनबाट जोगाउन सकिने विज्ञहरूको सुझाव छ ।

सम्बन्धित समाचार

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल

काठमाडौँ। महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ। देश, विदेशबाट आएका साधुसन्त एवं...

यस्ता छन् राप्रपाका संकल्पत्रका मुख्य प्रावधानहरू

यस्ता छन् राप्रपाका संकल्पत्रका मुख्य प्रावधानहरू

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाको केन्द्रीय कार्यालयमा...

भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’

भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’

तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो...

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौँ। नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको छ ।...