मुख्य समाचार

कार्यान्वयन गर्न नसकिने संकल्प गरेका छैनौँः अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यान्वयन न गर्न सकिने संकल्प मात्रै गरिएको बताउनुभएको छ ।
शनिवार घोषणापत्र जारी गर्दै उहाँले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताउनुभएको हो ।

पार्टीले पूर्ण बहुमत हासिल गर्ने विश्वासका साथ आफ्नो घोषणापत्र तयार पारेको उहाँले बताउनु भयो । उहाँकाअनुसार घोषणापत्रमा मतदातालाई भ्रममा पार्ने वा केवल भोट बढाउने उद्देश्यले कुनैपनि कुरा राखिएको छैन । उहाँले वितरणमुखी नीति नभई देशको अर्थतन्त्रलाई कसरी मजबुत बनाउने भन्ने कुरामा पार्टी केन्द्रित रहेको बताउनु भयो । आयात प्रतिस्थापन, रोजगारी अभिवृद्धि, राजश्व वृद्धि र आर्थिक दायरा विस्तार गर्ने स्पष्ट योजनाका आधारमा घोषणापत्र तयार गरिएको उहाँले जानकारी दिनुभयो । सबै विषय यथार्थमा आधारित भएकाले प्रतिवद्धता पूरा गर्न वैदेशिक ऋण लिनु नपर्ने र करसमेत नबढाउनुपर्ने उहाँको दाबी छ । अर्थतन्त्रलाई व्यवस्थित र विस्तार गर्नसके पाँच वर्षभित्र संकल्पित कार्यक्रमहरू पूरा गर्न सकिने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण बहुमत प्राप्त गर्ने भएकोले घोषणापत्रमा शतप्रतिशत पूरा गर्ने कुराहरु मात्रै राखिएको छ । कोही भ्रममा पर्न पर्दैन । भोट बढाउनको लागि, कसैलाई भ्रममा पार्नको लागी लेखिएको छैनन, सबै गर्न सकिने कुरा मात्रै लेखिएको छ । नेपालको राष्ट्रिय अर्थतन्त्रले धान्न नसक्ने कुराहरु लेखिएको छैन । हामीले सबैकुरा निःशुल्क गर्ने खालको वितरणमुखी कुरा गरेका छैनौँ, हामीले नेपालको अर्थतन्त्रलाई कसरी मजबुत गर्न सकिन्छ, आयातलाई कसरी प्रतिस्थापन गर्न सकिन्छ, रोजगारी कसरी अभिवृद्धि गर्न सकिन्छ, राजश्वमा कसरी वृद्धि गर्न सकिन्छ, भन्ने कुराहरुलाई आधार बनाएर लेखिएको छ । सबै विषयहरु यथार्थमा आधारित भएर बनाएको हुनाले हामीले हाम्रो बाचा कार्यन्वयन गर्नको लागि न वैदेशिक ऋण लिनुपर्छ, न कर बढाउनुपर्छ । भएकै अर्थतन्त्रलाई व्यवस्थित गर्ने र यसको दायरा बढाउने हो भने हामीले संकल्प गरेका कुराहरु पाँच वर्षभित्र पुरा गर्न सकिन्छ ।’

उहाँले देशको अर्थतन्त्र बढाउन जलविद्युत उत्पादलनमा जोड दिनुभयो । जलविद्युत, कृषि र जडिबुटीको माध्यामबाट नेपाललाई समृद्ध बनाउन सकिने उहाँको भनाई छ । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी...

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप...

जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली

जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना...