मुख्य समाचार

साधु सन्तहरुको आगमनले पशुपति क्षेत्र गुञ्जायमान

महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ । आईतवारको महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधुसन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू पशुपति आइपुगेका छन् । विशेषगरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाहरूको उपस्थिति छ । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा एउटा फरक र आध्यात्मिक वातावरण सृजना गरेको छ । पशुपतिनाथको मुख्य मन्दिर र वरपरको क्षेत्रलाई फूल र आधुनिक बत्तीहरूले झिलिमिली पारिएको छ । वनकाली, भुवनेश्वरी, राममन्दिर, मृगस्थली र बागमती किनारका क्षेत्रहरूमा रंगरोगन गरी आकर्षक बनाइएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी...

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप...

जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली

जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना...