मुख्य समाचार
३ फागुन २०८२ १४:१०
खबर सेवा · More from author
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
खबर सेवा
नवलपरासी। नवलपरासी/बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो ।
गएराति स्कुटरले ठक्कर दिँदा घाइते हुनुभएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारीएवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा संलग्न स्कुटर चालक गैँडाकोट–८ करङ्घारीका २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
(((
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी...
३ फागुन २०८२ १८:५२
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता
काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...
३ फागुन २०८२ १८:४७
११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप...
३ फागुन २०८२ १७:१४
जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली
दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना...
३ फागुन २०८२ १७:०९




