मुख्य समाचार

जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।

विश्वव्यापी रूपमा उस्तै प्रकारले अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपालसमेत परेको उहाँको भनाइ छ । आइतबार झापामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले जनअसन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देश अप्ठ्यारो परिस्थितिमा पुगेको बताउनुभयो । बंगालादेशपछि नेपालमा पनि उस्तै प्रकारले आन्दोलन गरिएको स्मरण गर्नुभयो ।

शिक्षक आन्दोलनमा समेत धुसपैठ हुने आशंका रहेको उल्लेख गर्दै समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको अध्यक्ष ओलीले दाबी गर्नुभयो । आन्दोलन केही दिन लम्बिएको भए त्यहाँ पनि घुसपैठ हुन सक्थ्यो, ओलीले भन्नुभयो ।

शिक्षकहरूको समस्या समाधानका लागि आफूले पटक–पटक शिक्षक संघ–संगठनका प्रतिनिधिहरूलाई संवादका लागि बोलाएको स्मरण गर्दै उहाँले वार्ता र समझदारीमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षकको समस्या सामधान गर्न म र मेरो पार्टी सधै लागेको छ, ओलीले स्पष्ट पार्नुभयो ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले देशलाई अस्थिर बनाउने कुनै पनि गतिविधिविरुद्ध सजग रहन आग्रह गर्दै लोकतान्त्रिक प्रणालीभित्र रहेर असन्तोष व्यक्त गर्न सबै पक्षलाई अपिल गर्नुभयो । कुनै असन्तोष भए त्यो छलफल गरेर सामधान गर्नतर्फ लाग्नुपर्छ, उहाँले भन्नुभयो ।

अध्यक्ष ओली निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा सहभागी हुन आइतवार झापा आउनुभएको हो । उहाँ केही दिन झापामा मतदाताहरुसँग घरदैलो कार्यक्रममा ब्यस्त रहने ओलीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी...

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने नेमकिपाको प्रतिबद्धता

काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।...

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

११ किमी नागढुङ्गा–मलेखु खण्ड कालोपत्र

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप...

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

रुकुम पूर्व, । नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गर्नुभएको छ।...