चितवनमा निर्वाचन सुरक्षा व्यवस्था मजबुतः राजमार्गमा तालिमप्राप्त कुकुरसहित खानतलासी
काठमाडौँ। चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तिब्र पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीकाअनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो ।
निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको १५ दिने अवधिलाई लक्षित गर्दै (सोमवार) ४ गतेदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा सभा, सम्मेलन र जुलुस हुने भएकाले सुरक्षा परिचालन अझ प्रभावकारी बनाइने एसपी पुरीले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले राजमार्गदेखि सबै निर्वाचन क्षेत्रका मुख्य नाकाहरूमा आकस्मिक जाँच (सरप्राइज चेकिङ) सुरु गरिसकेको छ।
चितवन देशको मध्य भागमा अवस्थित हुनाले यसलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण ‘ट्रान्जिट प्वाइन्ट’ मानिन्छ । अन्य जिल्लाबाट हुनसक्ने अवैध सामग्रीको ओसारपसार र निर्वाचन बिथोल्ने प्रयासलाई रोक्न प्रहरीले तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी ठाउँ–ठाउँमा चेक प्वाइन्ट स्थापना गरेको छ । यसले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा रहेका कुल ६४ जना उम्मेदवारहरूको सुरक्षालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । उम्मेदवारहरूले गर्ने घरदैलो कार्यक्रम र चुनावी प्रचारप्रसारका क्रममा आवश्यक सुरक्षा समन्वय मिलाइएको छ ।
‘कुनै उम्मेदवारलाई सुरक्षा चुनौती महशुस भएमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार थप सुरक्षा उपलब्ध गराउन सकिने व्यवस्था छ,’ एसपी पुरीले भन्नुभयो ।
प्रहरीले जिल्लाभर लङ रेन्ज पेट्रोल र सर्ट रेन्ज पेट्रोललाई नियमित बनाएको छ । चितवनमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति र प्रतिष्पर्धा हुने भएकाले पनि सुरक्षा निकायले यहाँ विशेष निगरानी बढाएको हो।
हालसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको र सुरक्षा स्थिति चुस्तदुरुस्त रहेको प्रहरीले दाबी गरेको छ। —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
-
२.
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
-
३.
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
-
४.
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
-
५.
अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सम्बन्धित समाचार
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार...
संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि छुट्टै स्वायत्त आयोग चाहिन्छः सुनिलबाबु पन्त
काठमाडौँ। अधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको लागि छुट्टै स्वायत्त आयोग आवश्यक रहेको बताउनुभएको छ । मायाको...




