विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा गम्भीर घाइते भएपछि दाहिने हात र खुट्टा काट्नुपरेको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत मुखिया ७० दिनको बिदामा माघ १२ गते नेपाल फर्कनुभएको थियो । सोही दिन घर जाने क्रममा योजनाबद्ध रूपमा भएको आक्रमणका कारण उहाँको दाहिने हात र खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएपछि चिकित्सकले काट्न बाध्य भएको बताउनुभयो । “विदेशबाट कमाएर सुरक्षित रूपमा देश फर्किएँ, तर आफ्नै देशमा लोभी र अपराधीहरूले परिवारको एक्लो कमाउने व्यक्तिलाई जिउँदो लासजस्तै बनाइदिए,” उहाँले पीडा सुनाउँदै भन्नुभयो ।
गत माघ १२ गते बिहान ८ः३० बजे काठमाडौँ आइपुग्नुभएका मुखिया बिहान १० बजे घर फर्कन हायस गाडी चढ्नुभएको थियो । लहानमा झारेर अर्को सवारी मिलाइदिने भन्दै चालक पक्षले उहाँलाई राति लहानस्थित आँखा अस्पताल नजिक झारिदिएको उहाँको भनाइ छ । त्यहाँबाट एक व्यक्ति र वृद्ध महिलासँग टेम्पोमा राजविराजतर्फ जाँदै गर्दा चालकले सिरहाको भगवानपुर–महेश्वरी क्षेत्रमा धक्का दिई लडाएपछि टेम्पोको चक्का दाहिने हात र खुट्टामाथि चलाएको उहाँले बताउनुभयो । करिब १५–२० मिनेटपछि होस आएपछि आफू गम्भीर अवस्थामा रहेको र घटनास्थलमा कोही पनि नभएको उहाँले स्मरण गर्नुभयो ।
प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएपछि थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको प्रयास असफल भएपछि घटनाको तेस्रो दिन उहाँको हात र खुट्टा काट्नुपरेको थियो । हालसम्म उपचारमा करिब आठ लाख रुपियाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।
घटनापछि सिरहा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको र घटनामा संलग्न एक वृद्ध महिला पक्राउ परेकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले वैदेशिक रोजगारीमा जाने तथा फर्किने श्रमिकहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन् ।
मुखिया विगत ६ वर्ष मलेसिया र पछिल्ला चार वर्षदेखि साउदी अरबमा काम गर्दै परिवारको जीविकोपार्जन गर्दै आउनुभएको थियो ।
ताजा अपडेट
-
१.
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
-
२.
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
-
३.
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
-
४.
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
-
५.
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई...
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी ९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ। बैंकले एक वर्षअवधिका लागि उपदान...
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने
काठमाडौँ। निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका...
नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न प्रश्ताव पठायो
काठमाडौँ। नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार...




