Breaking News

देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छ : विश्वप्रकाश शर्मा

तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा आज आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभयो।

चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो।”

उहाँले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गर्नुभयो।

कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो,“त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ। देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ। यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो। दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ। हामी त्यो अवस्था बन्न दिने छैनौँ।”

सम्बन्धित समाचार

दुर्गा प्रसाईं फेरि नियन्त्रणमा

दुर्गा प्रसाईं फेरि नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...

टी–२० विश्वकप : इंग्ल्यान्ड सुपर ८ मा, इटाली बाहिरियो

टी–२० विश्वकप : इंग्ल्यान्ड सुपर ८ मा, इटाली बाहिरियो

काठमाडौं। साविक विजेता इंग्ल्यान्डले आफ्नो ‘पावर गेम’ प्रदर्शन गर्दै भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित...

देश बनाउनेलाई भोट दिनुहोस् : लिङ्देन

देश बनाउनेलाई भोट दिनुहोस् : लिङ्देन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गर्नुभएको छ। आजदेखि सुरु भएको...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...