वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु
धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ की अन्दाजी ३३ वर्षीया ईप्सा चौधरीको ज्यान गएको हो। दुर्घटनामा गम्भीर चौधरीलाई उपचारका लागि धनगढी ल्याइएको थियो। उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
वडा अध्यक्ष बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरित दिशाबाट आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल आज कैलारीकै हसुलियास्थित इलाका प्रहरी कार्यालय नजिक एकआपसमा ठोक्किएको थियो।
दुर्घटनामा ४० वर्षीय वडा अध्यक्ष बमसहित कैलारी गाउँपालिका–७ भुइँयाफाँटाका ५० वर्षीय ताराप्रसाद चौधरी, ३१ वर्षीय कमलेस चौधरी र ३४ वर्षीय बलिराम चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। वडा अध्यक्षले अत्यधिक मापसे सेवन गरेर गाडी चलाएको आरोप लगाइए पनि स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप
काठमाडौँ। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ। सामाजिक सञ्जालमा आज...
कांग्रेसले बुधबार जनकपुरमा गर्दैछ निर्वाचनको पहिलो आमसभा
काठमाडौं। नेपाली कांग्रेसले बुधबार जनकपुरमा सभा गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले भोलिदेखि देशव्यापी सभा...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छः अग्निप्रसाद सापकोटा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ । मंगलवार...




