अपडेट : पैदलयात्री कुट्ने कारचालकमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप
काठमाडौँ। काठमाडौँको नारायणगोपाल चोकमा पैदलयात्रुलाई कुट्ने कार चालकमाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ।
सामाजिक सञ्जालमा आज उक्त भिडियो भाइरल भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कर्यालयले उनलाई पक्राउ गरेको थियो।
उक्त घटनामा संलग्न बैतडी पुर्खेउली घर भइ हाल काठमाडौँको बूढानीलकण्ठ ३ बस्दै आएका ४२ वर्षीय पारस बमलाई नियत्रणमा लिइएको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताउनुभयो। उनले इन्जिनियर भएको खुलेको पनि प्रहरीले जनाएको छ।
उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएलगत्तै अदालतमा पेश गरिएको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो।
नारायणगोपाल चोकस्थित सडक खण्डमा बा ३ च ११०३ नम्बरको निजी कारबाट ओर्लिएर उनले कुटपिट गरेका हुन्।
उनले जथाभावी बोलेको आरोप लगाउँदै पैदलयात्रुलाई २ पटक टाउकामा हानेको भिडियोमा देखिन्छ। सडकमा ट्राफिक जामका समयमा कारबाट ओर्लिएर उनले कुटेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
वडाध्यक्षले चलाएको गाडीमा ठोक्किदा मृत्यु
धनगढी। कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु...
कांग्रेसले बुधबार जनकपुरमा गर्दैछ निर्वाचनको पहिलो आमसभा
काठमाडौं। नेपाली कांग्रेसले बुधबार जनकपुरमा सभा गर्दैछ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले भोलिदेखि देशव्यापी सभा...
नेप्सेमा गिरावट
काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...
आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो पार्टी बन्छः अग्निप्रसाद सापकोटा
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभएको छ । मंगलवार...




