मुख्य समाचार

दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ। पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग राखेको हो । पार्टीका कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले प्रसाईंको पक्राउ संविधानसम्मत नभएको भन्दै विनाशर्त रिहा गर्न अनुरोध गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार नेताहरु गृहमन्त्री अर्याललाई मौलिक हकको प्रयोग गरेकै आधारमा पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका थिए। जवाफमा गृहमन्त्री अर्यालले प्रसाईंविरुद्ध प्रहरी अदालत गइसकेको उल्लेख गर्दै अदालतबाटै मुद्दाको टुङ्गो लाग्ने बताएको थापाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युलाई भेट्न हामी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एउटा प्रतिनिधिमण्डल हामी आएका थियौँ । दुर्गा प्रसाईंजीलाई नजरबन्दमा राख्ने जुन काम भएको छ त्यो नेपालको संविधानसम्मत छैन, मौलिक हकको प्रयोग गर्दाखेरी यसरी जेलमै बस्नुपर्ने कुरा उचित होइन भनेर भन्यौं । यदि यस्तै हुन लाग्यो भने भोलि चुनावलाई समेत असर पर्ने हुँदा उहाँलाई तत्काल रिहाई गर्न गृहमन्त्रीज्युसँग अनुरोध गरेका छौँ । उहाँले निर्वाचन आयोगको आग्रहअनुसार उहाँलाई प्रक्राउ गरिएको भन्दै अदालतबाटै टुंगोमा पुगिने जवाफ दिनुभयो ।’

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई प्रहरीले सोमवार पक्राउ गरेको थियो। यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशन अनुरुप माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए। निर्वाचन आयोगका पत्रका आधारमा पक्राउ परेका प्रसाईंमाथि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी...

प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती

प्रधानमन्त्रीका आकांक्षीहरुलाई सभापति थापासँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती

काठमाडौँ। नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरुलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद...