मुख्य समाचार

संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल

काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गर्नुभयो।

बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता निधिले यस्तो बताउनुभयो। उहाँले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही नभएको आरोप लगाउनुभयो।

उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली कांग्रेसले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो। निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस भएको दावी गर्नुभयो।

उहाँले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले मधेशको अधिकार र समृद्धिका लागि कांग्रेसले निरन्तर काम गर्दै आएको दाबी गर्दै घर–घरमा पुगेर पार्टीका पक्षमा मतदान गर्न अपिल नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो।

सम्बन्धित समाचार

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने...

भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना

भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना

काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको...

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...