निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । बुधवार निर्वाचन तयारीका विषयमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचनाबाट सचेत रहन आग्रह गर्नुभयो । उहाँले आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन अधिकारीहरूलाई निर्देशनसमेत दिनुभयो ।
निरीक्षण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य, जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई र निर्वाचन अधिकृत चमिला भट्टराई लगायतको सहभागिता थियो ।
सो क्रममा गृहमन्त्री अर्यालको टोलीले गोकर्णेश्वर माध्यमिक विद्यालय र श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजलमा रहेका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको थियो । यस्तै, टोलीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धाप ड्यामको समेत निरीक्षण गरेको थियो ।
गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका–४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गर्नुभयो । सो क्रममा निर्वाचन अधिकृत भट्टराईले निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रको सुरक्षा अवस्थाबारे अनुगमन गरिसकिएको, मतदाता शिक्षा सञ्चालन भइरहेको र निर्वाचन सामग्री ढुवानीको तयारी भइरहेको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारीले निर्वाचनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसमेत सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
ठूलो परिमाणको गाँजासहित २ पक्राउ
काठमाडौं । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन्...
खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई
संखुवासभा । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु...
भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना
काठमाडौं। भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४...
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै...




