समाचार

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ।

आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

सीमा नजिकबाट १० लाख रुपियाँको सामान बरामद

सीमा नजिकबाट १० लाख रुपियाँको सामान बरामद

नेपालगन्ज । भारतबाट अवैध रुपले भन्सार छलेर ल्याइएको करिब दश लाख रुपियाँ बरावरको सामान सीमा सुरक्षा गुल्म जमुनाहा नेपालगन्जको...

ठूलो परिमाणको गाँजासहित २ पक्राउ

ठूलो परिमाणको गाँजासहित २ पक्राउ

काठमाडौं । मकवानपुरको भीमफेदी गाँउपालिका-२ चुनियास्थित त्रिभुवन राजपथ नजिक भित्री सडकबाट ठूलो परिमाणको गाँजासहित २ जना पक्राउ परेका छन्...

खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई

खाँदबारी कारागारको सुरक्षा जिम्मा सेनालाई

संखुवासभा । संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रहरी खटिनु...

खोटाङको सामुदायिक वनमा आगलागी, तीन करोड १६ लाख ३६ हजारको क्षति

खोटाङको सामुदायिक वनमा आगलागी, तीन करोड १६ लाख ३६ हजारको क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको...