सबैको समान अस्तित्व र सहभागिताका लागि मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्यौँः कांग्रेस प्रवक्ता चालिसे
काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि काँग्रेसले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउनुभएको छ । पार्टी मुख्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा सन्देश भएको बताउनुभएको हो ।
नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उहाँले बताउनु भयो । सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उहाँको भनाई छ । काठमाडौंबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेसबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उहाँले बताउनुभयो।
उहाँले पार्टी केवल संरचनागत रूपमा नभई सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेश प्रदेशमा हामीले यसपटक प्रतिज्ञापत्र जनकपुरमा सार्वजानिक गरेका छौँ । मधेसमा हामीले किन प्रतिज्ञापत्र सार्वजानिक ग¥यौँ यो आफैँमा प्रश्न हो । काठमाडौबाट नै शुभारम्भ गर्ने चलन चलिआएकोमा नेपाली काँग्रेसले त्यो परम्परालाई बदल्दै काँग्रेस बदलिएको मात्रै होईन, धेरै बदलिएको तस्बिर हरेक क्षणक्षणमा प्रमाणित गर्दै गएका छौँ । नेपाल सबैको साझा हो, हरेक प्रदेश जोडिनुपर्छ, हरेक भुगोल जोडिनुपर्छ । सबैको समान अस्तित्व र समान सहभागिता आवश्यक छ । यसले आफ्नो महत्व देखाएको छ । यसपटक जनकपुर, अर्कोपटक पश्चिममा, अर्को पटक पुर्वमा होला । हरेक जनताको अपन्वत्व होस् भन्ने यसले मान्यता पनि राखेको छ ।’
उहाँका अनुसार काँग्रेसले यसपटकको आफ्नो प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको छ । काँग्रेसले भिजन १० मा आधारित भएर प्रतिज्ञापत्र सार्वजानिक गरेको उहाँको भनाई छ । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्म
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति...
असामान्य स्थितिमा निर्वाचन गराउनु चुनौतीपूर्ण थियो : प्रधानमन्त्री
काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। बुधवार निर्वाचन आयोगले आयोजना...
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...




