Breaking News

ह्वाइट हाउसले अमेरिका–इरान वार्ताको लागि समयसीमा तोक्न अस्वीकार गर्‍यो

ह्वाइट हाउसले अमेरिका–इरान आणविक वार्ताका लागि कुनैपनि समयसीमा तोक्न अस्वीकार गरेको छ । तेहरानले आगामी केही हप्ताभित्र आफ्नो वार्ताको अडानबारे थप विवरणहरू प्रश्तुत गर्ने अपेक्षा गरिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले दैनिक ब्रिफिङमा कुटनीति सधैं उहाँको (राष्ट्रपति डोनल्ड ट्रम्पको) पहिलो विकल्प भएको बताउनु भयो । तर उहाँले इरानमाथि सैन्य आक्रमणका लागि कयौं कारण र तर्कहरू दिन सकिने बताउनुभयो। लेभिटले वासिङ्टन र तेहरानबीचको वार्ताका लागि समयसीमा तोक्न इन्कार गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको तर्फबाट कुनै समयसीमा नतोक्ने बताउनु भयो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताले केही सकारात्मक संकेत देखाएको तर अमेरिकाका प्रमुख ‘रेड लाइन्स’ (सीमा) अझै पूरा नभएको बताएका छन् ।

अक्सियोसले रिपोर्ट गरेअनुसार एक ट्रम्प सल्लाहकारले ह्वाइट हाउस सम्भावित सैन्य कारबाहीको नजिक पुगिरहेको र वार्ता असफल भएमा आगामी हप्ताहरूमा आक्रमण हुने ९० प्रतिशत सम्भावना रहेको अनुमान गरेका छन् ।

कुनै पनि अमेरिकी कारबाहीमा इजरायलसँग मिलेर हप्तौं लामो ठूलो अभियान समावेश हुनसक्छ । जसले इरानको आणविक र मिसाइल कार्यक्रमहरूलाई लक्षित गर्नेछ र तेहरानको नेतृत्वका लागि ठूलो खतरा पैदा गर्ने रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...

रास्वपाले ल्यायो १०० बाचा

रास्वपाले ल्यायो १०० बाचा

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...