Breaking News

इजरायली सेनाद्वारा गाजाको ‘यल्लो लाइन’ नजिकै लडाकूको हत्या, वेस्ट बैंकमा घरहरू भत्काउने कार्य जारी

इजरायली सेनाले उत्तरी गाजा स्ट्रिपमा ‘यल्लो लाइन’ ९पहेंलो रेखा० सीमांकन पार गरेपछि एक प्यालेस्टिनी लडाकूलाई मारिएको बताएको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै ती प्यालेस्टिनी व्यक्ति सेनाको नजिक पुगेको र उनीहरूको सुरक्षाका लागि ‘आसन्न खतरा’ पैदा गरेको उल्लेख गरेको छ ।

सेनाले सन् २०२५ अक्टोबरको युद्धविराम सम्झौताको हवाला दिँदै दक्षिणी कमाण्डका सेनाहरू गाजामा तैनाथ रहने बताएको छ । जसले इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूलाई छुट्याउन ‘यल्लो लाइन’ स्थापना गरेको थियो। प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली अधिकारीहरूले वेस्ट बैंकमा चार प्यालेस्टिनी घरहरू भत्काएका छन् र जेरुसेलममा एउटा सामुदायिक संस्था बन्द गरेका छन् ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको ‘कमिसन अगेन्स्ट द वाल एण्ड सेटलमेन्ट्स’ ले इजरायली बुलडोजरले जेनिनको पश्चिममा पर्ने सिलात अल–हारिथिया शहरमा छिमेकी घरहरू खाली गराएपछि एउटा घर भत्काएको बताएको छ ।

नाब्लसमा इजरायली अधिकारीहरूले दुई तले घर भत्काएको यसका मालिक यासेर अल–साबेरले पत्रकारहरूलाई बताउनु भयो । उहाँले आफ्नो परिवारलाई तीन हप्ता अघि नै घर खाली गर्न इजरायली अदालतले आदेश दिएको जानकारी दिनुभयो । अर्को एक सम्बन्धित घटनामा, भवन निर्माण अनुमति नभएको भन्दै इजरायली सेनाले बेथलेहम नजिकैको अल–खादर शहरमा दुई तले आवासीय भवन भत्काएको प्यालेस्टिनी सुरक्षा स्रोतले बताएको छ।

यसैबीच, साल्फितको पश्चिममा पर्ने करावत बनी हसन शहरमा धेरै सैन्य सवारी साधनसहित पुगेको इजरायली टोलीले अर्को एक घर भत्काएको छ । कमिसन अगेन्स्ट द वाल एण्ड सेटलमेन्ट्सले यी ध्वंस कार्यहरू प्यालेस्टिनीहरूको उपस्थिति कमजोर पार्ने र बस्तीहरू विस्तार गर्ने उद्देश्यले लिइएको ‘व्यवस्थित नीति’ को हिस्सा भएको बताएको छ।

जेरुसेलममा इजरायली अधिकारीहरूले ओल्ड सिटीमा रहेको बुर्ज अल–लक्लुक सामुदायिक संघको मुख्यालय छ महिनाका लागि बन्द गरिदिएका छन्। प्यालेस्टिनी प्राधिकरणको जेरुसेलम गभर्नरेटले एक विज्ञप्ति मार्फत यस कदमलाई ‘खतरनाक तनाव’ को रूपमा वर्णन गर्दै अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी संस्था र नागरिक अधिकारको रक्षा गर्न आह्वान गरेको छ ।

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...

रास्वपाले ल्यायो १०० बाचा

रास्वपाले ल्यायो १०० बाचा

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...