दक्षिण कोरियाबाट उत्तर कोरियामा चार पटक ड्रोन पठाएको खुलासा
दक्षिण कोरियाका तीन नागरिकले वर्तमान सरकारको कार्यकाल शुरु भएदेखि उत्तर कोरियातर्फ चार पटक ड्रोन पठाएको र यसको पुष्टि सैन्य–प्रहरी अनुसन्धानले गरेको एकीकरण मन्त्रीले जानकारी दिनुभएको छ ।
दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ–यंगले बुधवार आयोजित एक टेलिभिजन पत्रकार सम्मेलनमार्फत तीनजना दक्षिण कोरियाली नागरिकले उत्तर कोरियामा अनधिकृत रूपमा ड्रोन पठाएको जानकारी सार्वजनिक गर्नुभयो ।
संयुक्त सैन्य–प्रहरी अनुसन्धान टोलीले गरेको विस्तृत छानबिनकाअनुसार वर्तमान सरकार सत्तामा आएदेखि हालसम्म चार पटक ड्रोन घुसपैठका घटनाहरू भएका छन्। अनुसन्धान प्रतिवेदनले गत वर्षको सेप्टेम्बर २७, नोभेम्बर १६, र नोभेम्बर २२ का साथै यस वर्षको जनवरी ४ मा उत्तर कोरियाली सीमाभित्र ड्रोन प्रवेश गराइएको तथ्य उजागर गरेको छ ।
मन्त्री चुङले दुई कोरियाबीचको संवेदनशील सुरक्षा स्थितिका बीच यस्ता गतिविधिले तनाव बढाउन सक्ने चिन्ता व्यक्त गर्दै संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको बताउनु भयो यस घटनाले सियोल र प्योङयाङबीचको सम्बन्धमा थप कूटनीतिक जटिलता थप्नसक्ने देखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
३.
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली
सम्बन्धित समाचार
इजरायली सेनाद्वारा गाजाको ‘यल्लो लाइन’ नजिकै लडाकूको हत्या, वेस्ट बैंकमा घरहरू भत्काउने कार्य जारी
इजरायली सेनाले उत्तरी गाजा स्ट्रिपमा ‘यल्लो लाइन’ ९पहेंलो रेखा० सीमांकन पार गरेपछि एक प्यालेस्टिनी लडाकूलाई मारिएको बताएको छ ।...
ह्वाइट हाउसले अमेरिका–इरान वार्ताको लागि समयसीमा तोक्न अस्वीकार गर्यो
ह्वाइट हाउसले अमेरिका–इरान आणविक वार्ताका लागि कुनैपनि समयसीमा तोक्न अस्वीकार गरेको छ । तेहरानले आगामी केही हप्ताभित्र आफ्नो वार्ताको...
पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु
भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...
अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु
अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी...




