वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई लिएर निर्माण घोषणा गरिएको यस फिल्ममा अब प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन् । वर्षाले सहमतिमै फिल्म छाडेपछि निर्माताले उनको ठाउँमा प्रियनालाई भित्र्याएका हुन् ।
यस फिल्ममा प्रियनाको जोडी अभिनेता जितु नेपालसँग बाँधिनेछ । यसअघि ‘लाज शरणम्’, ‘झरीपछिको इन्द्रेणी’ र ‘कल्ली’मा काम गरिसकेकी उनी पहिलो पटक ‘कार्की साइँला’मा मुख्य भूमिकामा देखिन लागेकी हुन् । उनले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न तयार भएको बताएकी छन् । उनी यो फिल्मलाई लिएर उत्साहित देखिएकी छन् ।
नेपालको पूर्वी जिल्ला धनकुटामा छायांकन हुने यस फिल्ममा जितु र प्रियनासहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ । ग्रामीण परिवेशमा निर्माण हुने यो फिल्म भरियाको कथामा आधारित रहने जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
३.
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली
सम्बन्धित समाचार
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
काठमाडौँ। चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १०...
‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...




