Breaking News

मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताउनुभएको छ ।
१० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दाबी गर्नुभयो ।

खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहेपनि केही प्रतिशत बदर हुनसक्ने उहाँको भनाई छ । अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उहाँले बताउनु भयो । आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उहाँको भनाइ छ । तर मतदातालाई मतदानस्थल वा मतदान केन्द्रसम्म लैजाने वातावरण बनाउन भने सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँले बताउनु भयो । राजनीतिक दल, दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मतदाताहरू मतदान केन्द्रसम्म पुग्ने वातावरण बन्न नसकेमा भने मतदान प्रक्रियामा सहभागी हुन चाहने मतदाता पनि पछि हट्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दल, दलका उम्मेद्वार, दलका नेता कार्यकर्ता सबैले मतदातामय वातावरण बनाउनुपर्छ । मतदाताहरु मतदान गर्न मतदातास्थलमा पुग्ने वातावरण सृष्टि भएन भने मतदान प्रक्रियामा आउनुहुने मतदाताहरु पनि नआएर चुप लागेर बस्दिन सक्ने हुन्छ । हाम्रो आयोगको के रिसर्च छ भने यसपटकको निर्वाचनमा सबैभन्दा बढी मतदान हुन्छ । मतप्रतिशत धेरै खस्छ र मत बदरको प्रतिशत पनि साह्रै कम हुन्छ । खसेको मत लगभग सबै सदर हुन्छ, बदर हुँदैन भन्ने हामी विश्वास लिएर बसेको छौँ । केही प्रतिशत बदर होला तर पहिलाको तुलनामा यसपटक मतदाताहरु पनि असाध्यै चनाखो भएर बस्नुभएको छ । कतिबेला मतदानको दिन आउँला र मतदान गरौँला भनेर व्यग्र प्रतिक्षामा हुनुहुन्छ । हाम्रा स्वयंसेवकहरुले पनि मतदाता शिक्षा संचालन गर्दा मत बदर नुहनेगरि गर्न सिकाउनुभएको छ ।’

निर्वाचन आयोगले विहीवार एक कार्यक्रमको आयोजना गरी १० औँ निर्वाचन दिवस मनाएको हो । सो अवसरमा आयोगले स्मारिका समेत सार्वजानिक गरेको छ । आयोगले निर्वाचन दिवसको अवसरमा प्रदान गर्ने पुरस्कार भने आगामी वैशाख १ गते विशेष कार्यक्रमको आयोजना गरी सार्वजानिक गर्ने जनाएको छ । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...

रास्वपाले ल्यायो १०० बाचा

रास्वपाले ल्यायो १०० बाचा

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...