Breaking News

टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग पराजित भएको छ।

एडेन गार्डेनमा भएको खेलमा वेस्ट इन्डिज ४२ रनले विजयी भएको हो। पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो।

१६६ रनको लक्ष्य पछ्याएको इटली १८ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटिन पुग्यो। वेस्ट इन्डिजका लागि शाई होपले ७५ रनको पारी खेले। उनीबाहेक रोस्टन चेस र शरफेन रथरफोर्डले समान २४ तथा म्याथ्यु फोर्डीले १६ रन योगदान गरे। बाँकी ब्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन्।

इटलीका बेन मेनेन्टी र क्रिसन कालुगामेजले समान २ विकेट झार्दा अलि हसन र थोमस ड्राकाले समान १ विकेट लिए।

इटलीका एन्थोनी मोस्का १९, जेजे स्मट्स २४, बेन मेनेन्टीले २६ रन हान्नेबाहेक बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। वेस्ट इन्डिजका शेमर जोसेफले ४, म्याथ्यु फोर्डीले ३, गुणाकेश मोटीले २ र अकिल हुसेनले १ विकेट लिए।

ग्रुप सीबाट वेस्ट इन्डिज चारवटै जितसहित सुपर ८ मा पुग्दा ३ जितसहित ६ अंक जोडेको इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ।

स्कटल्यान्ड, इटली र नेपालले भने समान १ जितसहित २ अंक जोड्दै विश्वकपबाट विदा भएका छन्। जारी विश्वकपको यो समूहमा नेपालले अन्तिम स्थानमा रहँदै यात्रा टुंग्याएको छ।

अन्य ग्रुपबाट सुपर ८ तय गरेका टोलीहरुमा एबाट भारत र पाकिस्तान, बीबाट श्रीलंका र जिम्बाब्वे तथा डीबाट साउथ अफ्रिका र न्युजिल्यान्ड छन्।

सुपर ८ को ग्रुप १ मा भारत, साउथ अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वे छन् भने ग्रुप २ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन्।

 

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...

रास्वपाले ल्यायो १०० बाचा

रास्वपाले ल्यायो १०० बाचा

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...