कला

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई महिनामै यो फिल्म बिहिबारदेखि युट्युवमा रिलिज भएको हो।

यो फिल्म बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

गत पुस ४ गते रिलिज भएको यो फिल्म केहीदिनअघि मात्रै हलबाट उत्रेको थियो। ५१ दिन मनाएको यस फिल्मले सिनेमा बक्सअफिसमा भने १ करोड २८ लाख मात्रै कलेक्सन गर्न सफल भएको छ।

यस फिल्मका लागि मेयर बालेन शाहले र्‍याप समेत गाएका थिए। साथै उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। तर, हलमा भने फिल्मले सोचेअनुसारको कमाइ भने गर्न सकेन।

यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ। फिल्मले भ्रष्टाचार र बेथितिविरुद्धको कथा प्रस्तुत गर्छ।

 

सम्बन्धित समाचार

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ। चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १०...

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...