Breaking News

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।

बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गर्नुभएको हो। उहाँले काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिनु हुन्छ।

उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो।

पूर्वमन्त्रीसमेत रहनुभएको मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुनुहुन्छ। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो।

सम्बन्धित समाचार

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित

काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...

रास्वपाले ल्यायो १०० बाचा

रास्वपाले ल्यायो १०० बाचा

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...

टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली

टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग...