टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित
काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । समूह ‘बी’ मा श्रीलंकाले भने पहिलो हार बेहोर्यो ।
कोलोम्बोमा १७९ रनको लक्ष्य पछ्याएको जिम्बाबेले १९.३ ओभरमा ४ विकेट गुमाउँदै १८२ रन बनाएर शानदार जित हात पार्यो । दुवै टोली यसअघि नै सुपर–८ मा पुगिसकेका भए पनि यो खेलले आगामी चरणअघि लय समात्ने अवसर दिएको थियो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । पथुम निसांका उत्कृष्ट लयलाई निरन्तरता दिँदै ६२ रन बनाए भने पवन रत्नायकेले २५ बलमा ४४ रनको महत्वपूर्ण योगदान दिए । जिम्बाब्वेका ग्रेम क्रेमर नेतृत्वको स्पिन आक्रमणले मध्य ओभरमा श्रीलंकालाई नियन्त्रणमा राखेको थियो ।
जवाफमा जिम्बाब्वेले आक्रामक सुरुआत गर्यो । ब्रायन बेनेट र तादिवानाशे मरुमानीले पावरप्लेमा राम्रो साझेदारी गरे । मरुमानी आउट भए पनि बेनेटले निरन्तर आक्रामक खेल प्रदर्शन गर्दै अविजित ६३ रन बनाए, जुन उनको लगातार दोस्रो अर्धशतक हो ।
खेलको निर्णायक क्षणमा सिकन्दर रजाले २६ बलमा ४५ रनको विस्फोटक इनिङ्स खेल्दै खेलको दिशा बदले । उनले महत्वपूर्ण छक्का प्रहार गर्दै श्रीलंकामाथि दबाब बढाए । अन्तिम ओभरमा ८ रन आवश्यक हुँदा टोनी मुन्योङ्गाले छक्का प्रहार गरेपछि बेनेटले विजयी चौका प्रहार गर्दै जित सुनिश्चित गरे ।
यस जितसँगै जिम्बाबे प्रतियोगितामा अपराजित रहँदै सुपर–८ अघि बलियो सन्देश दिएको छ भने श्रीलंकाले पहिलो हार बेहोरे पनि यसअघि नै अर्को चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
जिम्बाबेले अस्ट्रेलिया र ओमानलाई पराजित गर्दा आयरल्यान्डसँगको खेल वर्षाका कारण हुन सकेन । पूर्वविजेता अस्ट्रेलिया भने श्रीलंकासँग पनि पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
३.
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली
सम्बन्धित समाचार
निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...
एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश
काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...
रास्वपाले ल्यायो १०० बाचा
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...
टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली
काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग...




