निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गर्नुभएको छ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।
बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गरााउनुुभयो।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल भएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
३.
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
-
४.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
-
५.
जेनजीको नाममा अपराधी समूहहरूले देशमा अस्थिरता सिर्जना गर्न खोजे : ओली
सम्बन्धित समाचार
टी२० विश्वकप २०२६ : श्रीलंकामाथि जिम्बाबेको सानदार जित
काठमाडौं । जिम्बाबेले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित निकाल्दै आईसीसी टी२० विश्वकप २०२६ मा आफ्नो अपराजित यात्रा कायम राखेको...
एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश
काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...
रास्वपाले ल्यायो १०० बाचा
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको वाचापत्रमा विभिन्न सय वटा वाचा गरिएका छन्। बिहीबार सुर्खेतमा...
टी २० विश्वकप : वेष्ट इन्डिजसँग हार्यो इटाली
काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको आईसीसी टी२० पुरुष विश्वकपअन्तर्गत आज भएको खेलमा इटली वेस्ट इन्डिजसँग...




