जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबैभन्दा ठूलो मार महिलाहरूमाथि परिरहेको हो । नेपालको पर्यटन क्षेत्र प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताउनुभयो।
पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने बताउनु भयो । होमस्टे सञ्चालन, स्थानीय उत्पादन विक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले जलवायु वित्तपोषणमा रहेका संरचनात्मक समस्याहरू औंल्याउँदै अधिकांश ‘रेजिलेन्ट फण्ड’ पूर्वाधार विकासमा मात्र केन्द्रित रहेको बताउनु भयो । उहाँले यसलाई ‘जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ’ को संज्ञा दिनुभयो । ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि अनौपचारिक रहेकाले धेरै महिलाहरू सामाजिक सुरक्षा बिना नै जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताउनुभयो।
जलवायु परिवर्तनले बसाईंसराई बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको ‘त्रिगुणीय बोझ’ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । यस्तो अवस्थामा पर्यटन क्षेत्र उनीहरूको लागि जीवनरेखा बन्ने गरेको छ । जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा, विशेष गरी महिलामा गरिने लगानी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्र हाम्रो प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रुपमा जोडिएको छ । तर हिमताल विस्फोट, अनियमित हिमपात र ट्रेकिङ सिजन पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय र सम्पदाको क्षति जस्ता गम्भीर जलवायुजन्य घटनाहरुले पर्यटनलाई बढ्दो रुपमा प्रभावित पारेको छ र जब पर्यटन घट्छ सबैभन्दा बढी असर त्यसले महिलालाई पारेको छ । धेरै टुरिजम डिपेन्डेन्ट कम्युनिटीमा महिलाहरु अनौपचारिक तथा सिजनल आम्दानीमा निर्भर हुन्छन् । होमस्टे सञ्चालन, स्थानीय उत्पादन विक्री, लज तथा होटलमा काम, लोकल ठाउँको गाइडिङ, खाना पकाउने वा सांस्कृतिक सेवा प्रदान गर्नेमार्फत । जब जलवायुको इम्प्याक्ट पर्यटनमा परेर यसलाई अवरुद्ध गर्छ, यी आयआर्जनका अवसरहरु हराउँछन् । महिलामुखी परिवारहरु विशेष रुपमा बढी यसबाट प्रभावित हुन्छन् । महिलाहरु बढी जोखिममा हुनुका कारण स्पष्ट छन्, तीन वटा कुराहरु छन् । उनीहरुको वित्तीय पहुँच सीमित हुनु, जमिनको स्वामित्व उनीहरुमा न्युन हुनु र उनीहरु प्रायः इन्फर्मल तथा कम पारिश्रमिकमा काममा सिमित हुन्छन् । यो केवल वातावरणीय मुद्दा मात्र होइन, यो लैङ्गिक न्यायको मुद्दा पनि हो । पर्यटन र लैङ्गिक दृष्टिकोणबाट हेर्दा केही संरचनात्मक समस्याहरु पनि अझै विद्यमान छन् । पहिलो, अधिकांश क्लाइमेट फण्ड जुन यो रेजिलेन्ट फण्ड भनेर जति पनि आउँछ, यो चाहिँ पूर्वाधार विकासमा हामीले सीमित र केन्द्रित रहेको देख्या छौँ । साथै लैङ्गिक आधारमा तथ्याङ्क अभिलेखनको अभावका कारण महिलाद्वारा सञ्चालित व्यवसायमा कति लगानी भइरहेको छ भन्ने मापन गर्न कठिनाइ भइरहेको छ । यसलाई हामी जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ भन्छौँ । दोस्रो, ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि धेरै हदसम्म अनौपचारिक छ । धेरै महिलाहरु औपचारिक दर्ता बिना होमस्टे सञ्चालन गरिरहेका छन् र सामाजिक सुरक्षा बिना मौसमी रुपमा काम गर्छन् तर उनीहरु नै सबैभन्दा बढी जलवायु जोखिममा छन् । तेस्रो, पर्यटन पूर्वाधार र योजना प्रायः लैङ्गिक संवेदनशील हुँदैन । सुरक्षा, सरसफाइ, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच जस्ता पक्षहरुलाई प्रायः व्यवस्था गरिएको छ । जलवायु परिवर्तनले बसाईंसराई पनि बढाउँछ । धेरै अवस्थामा पुरुषहरु रोजगारीको लागि बाहिरिन्छन् । महिलाहरु घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको त्रिगुणीय बोझ बहन गर्न बाध्य हुन्छन् । यस्तो अवस्थामा पर्यटन उनीहरुको लागि जीवनरेखा बन्छ । त्यसैले उनीहरुलाई अर्थतन्त्रसँग जोड्न र सुरक्षाको साटो जीविकोपार्जन रोज्न पनि अवस्था जगाउँछ । अब प्रश्न उठ्छ, जलवायु सहनशीलता वित्तपोषणले पर्यटन क्षेत्रमा महिलालाई कसरी सघाउने रु प्रायः जलवायु कोष ठूला पूर्वाधारमा केन्द्रित हुन्छन् अघि पनि मैले कुरा निकालिसक्या थ्यो तर महिला उद्यमीहरु बाहिरै रहन्छन् । अनौपचारिक व्यवसाय ऋण र बीमा प्रणालीबाट वञ्चित छन् । लैङ्गिक आधारको लगानी स्पष्ट अभिलेख छैन र जलवायु अनुकूल योजनामा महिलाको नेतृत्व प्रायः स्थान दिइँदैन । जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा लगानी गर्नुपर्ने हो र त्यसमा पनि विशेष महिलामा । यसका लागि महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँच योग्य जलवायु कोष, सहकारी सुदृढीकरण, पानी तथा नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी र वन, पदमार्ग, पानी स्रोत तथा सांस्कृतिक सम्पदा संरक्षणमा महिलाले गरेको योगदानको मान्यता आवश्यक छ । पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षण गर्नेहरुलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता हो ।’
उहाँले महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकारी सुदृढीकरण र नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनु भयो । पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षणमा योगदान पु¥याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
-
२.
इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए
-
३.
ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर
-
४.
जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ
-
५.
बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता
ट्रेन्डिङ
सम्बन्धित समाचार
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै...
बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता
काठमाडौँ। निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित...
काठमाडौँका यी क्षेत्रमा आज जानेछ बिजुली
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण...
बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध
काठमाडौं। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ। महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी...




