मुख्य समाचार

रौतहट घटनामा सद्भाव कायम राख्न केन्द्रीय सुरक्षा समितिको आह्वान

काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा शनिवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचन प्रयोजनका लागि तयार पारिएको एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सबै सुरक्षा निकायहरूले काम गरिरहेको र सोहीअनुसार कर्मचारी परिचालन तथा व्यवस्थापन भइरहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले बैठकमा गरेका थिए

बैठकले आगामी दिनमा पनि सुरक्षा व्यवस्था चुस्त राख्ने सहमति भएको उनले जानकारी दिनुभयो। उहाँले बैठकमा निर्वाचन अभियानका क्रममा विभिन्न स्थानमा राजनीतिक दलहरुबीच देखिएका विवाद र घटनाहरुको समिक्षा गरिएको जानकारी दिँदै गैरकानूनी कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउने निर्णय पनि भएको छ।

सबै राजनीतिक दलहरुलाई नर्वाचन आचारसंहिताको पालना गर्न समेत बठकले आग्रह गरेको बताए। यस्तै, बैठकले रौतहटमा भएको घटनाको सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ।

 

सम्बन्धित समाचार

देशमा केही भएको छैन भन्ने भाष्य गलत छ : ओली

देशमा केही भएको छैन भन्ने भाष्य गलत छ : ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही भएको छैन भन्ने भाष्य गलत भएको बताउनुभएको छ।...

सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै

सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै

काठमाडौँ। सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण...

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ। जिल्लाको तुलसीपुरमा नेकपा ९ एमाले० को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी...

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय...